यस वर्षको मदन भण्डारी पुरस्कार पर्यटन व्यवसायी शेर्पालाई

home-plan

काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । 

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो । फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।

 पर्यटन व्यवसायीसमेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ् गाउँका बासिन्दा हुन् । शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण सङ्घको नेतृत्व गरेका थिए । 

शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपियाँ नगदसहित सम्मान गरिने भएको छ ।