सूचना !
पत्रकार फेलोसिप कार्यक्रम–२०८३ का लागि आवेदन आह्वान
DGM नेपालको वित्तीय सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश प्रदेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि पत्रकार फेलोसिप कार्यक्रम–२०८३ सञ्चालन गर्न लागेको हुँदा योग्य पत्रकारहरूबाट आवेदन आह्वान गरिएको छ।
फेलोसिपको उद्देश्य
वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमूलक पत्रकारिता प्रवर्द्धन।
आदिवासी जनजातिको परम्परागत ज्ञान, दिगो वन व्यवस्थापन तथा समुदायका सवाललाई उजागर गर्ने सामग्री उत्पादन।
तथ्यमा आधारित खोजमूलक पत्रकारितालाई प्रोत्साहन।
आवेदन दिन सक्ने व्यक्ति
मधेश प्रदेश वा लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकार।
DGM नेपाल परियोजना तथा REDD+ कार्यक्रम लागू भएका क्षेत्रसँग सम्बन्धित विषयमा पत्रकारिता गरिरहेका व्यक्ति।
आवश्यक कागजात
शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
नागरिकताको प्रतिलिपि
स्थायी लेखा नम्बर (PAN)
सञ्चार संस्थाको परिचयपत्र वा सिफारिस
व्यक्तिगत बायोडाटा (CV)
पेश गर्नुपर्ने प्रस्ताव
सम्बन्धित विषयमा न्यूनतम २५० शब्दको मौलिक अवधारणा/लेख।
फेलोसिप सुविधा
अध्ययन, भ्रमण तथा अनुसन्धानमूलक पत्रकारिताका लागि प्रति फेलो रु. ४०,००० सम्म सहयोग।
शब्द र भिडियो दुवै माध्यममा सामग्री तयार गरी पेश गर्नुपर्ने।
शब्द र भिडियो दुवै माध्यममा सामग्री तयार पार्दा प्रयोग भएको र म्याटरीयल र स्रोत सामग्रीहरु बुझाउनुपर्ने ।
तथ्य र प्रमाणमा आधारित गुणस्तरीय सामग्रीलाई प्राथमिकता।
आवेदन दिने अन्तिम मिति
२०८३ असार ३२ गतेदेखि साउन ६ गते सम्म (जुलाई १६ देखि २२ सम्म) ।
सम्पर्क
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)
फोन: ०१–५९२३१९०, ९८५११६२३८४
इमेल: fonijcenter@gmail.com / dgmnepal@rrn.org.np
वेबसाइट: www.fonij.com | www.dgmnepal.org
